सेनाको कल्याणकारी कोषमा ३७ अर्ब रुपैयाँ !

३२ साउन, काठमाडौं । सुरक्षा संगठनहरु मध्ये सबैभन्दा धनी संगठन नेपाली सेनाको कल्याणकारी कोषमा ३७ अर्ब रुपैयाँ पुगेको छ । सेनाको विभिन्न बैंकमा मात्रै ३३ अर्ब रुपैयाँ मौज्दात रहेको छ ।

नेपाली सेनाले सैनिक मुख्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी ४ अर्ब ४० करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा कल्याणकारी योजना निर्देशक सहायक रथी गौरव तण्डुलले हाल विभिन्न बैंकमा ३२ अर्व ६९ करोड मौज्दात रहेको र समस्याग्रस्त केही बैंकबाट २८ करोड रुपैयाँ असुल्न बाँकी रहेको जानकारी दिए ।

नेपाली सेनाले अक्सिजन प्लान्ट, पिउने पानी, अस्पताल तथा घर जग्गामा समेत गरेर दश क्षेत्रमा चार अर्ब लगानी गरेको छ । त्यस्तै सेनाले गतवर्षको भूकम्पमा ज्यान गुमाउने सैनिक परिवारका लागि ३ लाख रुपैयाँका दरले २ अर्ब ४९ करोड रुपैयाँ राहत उपलब्ध गराएको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत