जनयुद्धमा ३५ हजार सेनाको कमाण्ड गरेकाले ११ हजार कर्मचारी सम्हाल्न गाह्रो छैन् – उर्जा मन्त्री

१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ३१ औं वाषिर्कोत्सव कार्यक्रममा उर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनयुद्ध कालमा ३५ हजार सेनाको कमाण्ड गरेर आएको भन्दै ११ हजार कर्मचारी सम्हाल्न गाह्रो नभएको बताएका छन् ।

Urja mantri

उर्जामन्त्री प्रभाकरले प्राधिकरणको कार्यकारी निर्देशकलाई विद्युत महशुल नतिर्ने ठूला १० उपभोक्ताको लाइन तीन दिनभित्र काट्न निर्देशन दिँदै घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याइ छाड्ने बताउने क्रममा ११ हजार कर्मचारी सम्हाल्न गाह्रो नभएको बताएका हुन् ।

वाषिर्कोत्सव कार्यक्रममा आक्रामक रुपमा प्रस्तुत भएका उर्जा मन्त्रीले कार्यकारी निर्देशकलाई तीन दिनभित्र यो काम हुनुपर्छ भन्दै कार्यकारी निर्देशक आफैंलाई लाइन काट्न जान निर्देशन दिएका छन् ।

हामी कस्तो समाजमा छौं ? हामीले कस्तो समाज बनाएका रहेछौं ? राज्य अहिलेसम्म कहाँ रहेछ ? भन्ने कुरा उर्जामन्त्री प्रभाकरले विद्युत महशुल नतिर्ने उपभोक्ताको लाइन काट्न दिएको निर्देशनले हामी र हाम्रो समाज नीति र विधिमा नचलेको समेत देखिन्छ ।

देशभर भएका विद्युत चुहावट रोक्न र झोलामा खोला बोक्नेहरुलाई उर्जा मन्त्रीको निर्देशन कार्यान्वयन भएर जालमा माछो पारे झैं पार्न सके उनको कद कसैले घटाउन सक्ने छैन् । तर, कर्मचारीतन्त्रमा मौलाएको विकृतिले मन्त्री शर्मालाई अघि बढ्न सहज भने देखिदैन् ।

मन्त्रीको यो निर्देशन कार्यान्वयन हुने वा नहुने पाटोले पनि एउटा तथ्य पट्टाक्षेप हुने देखिन्छ । प्राधिकरणका अनुसार विद्युत बक्यौता ८ अर्ब रुपैयाँ पुगिसकेको छ भने प्राधिकरण घाटामा छ ।  प्राधिकरणमा ११ हजार कर्मचारी छन् ।

  •  
    5.5K
    Shares
  • 5.5K
  •  
  •  
  •  

तपाइको मत