तराई-मधेस र थारु आन्दोलनका ११ सुरक्षाकर्मीसहित ५२ जना सहिद घोषणा

२ भदौ, काठमाडौं । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले तराई-मधेस तथा थारु आन्दोलनका क्रममा ज्यान गुमाएका ५२ जनालाई सहिद घोषणा गरेको छ ।

गृह मन्त्रालयले सहिद घोषणा गर्न प्रस्ताव गरेको ५२ जनालाई मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो ।

टीकापुर झडपमा १० जना र महोत्तरी घटनामा मारिएका १ जना सुरक्षाकर्मी गरी ११ जना सुरक्षाकर्मीसहित ५२ जनालाई सहिद घोषणा गरिएको हो ।

सरकारको यो घोषणासँगै मृतक परिवारले १० लाख रुपैयाँ क्षति पूर्ति पाउने भएका छन् । साथै, आन्दोलनका क्रममा भएका घटना छानविन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत