दिल्लीमा प्रधानमन्त्री प्रचण्डका विशेष दूतको उच्चस्तरीय भेटवार्ता जारी

३ भदौ, दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विशेष दूत बनेर भारत भ्रमणमा आएका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

Nidhi $ susma

शुक्रबार प्रधानमन्त्रीका विशेष दूत निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुष्मा स्वराजलाई भेटेका छन् ।

साँझ उनले भारतीय राष्ट्रपति मुखर्जीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपालकी राष्ट्रपति विद्या भण्डारीले मुखर्जीलाई नेपाल भ्रमणको निम्तो पठाएकी थिइन् ।

प्रधानमन्त्री प्रचण्डका विशेष दूत निधिले भारतीय विदेशमन्त्री स्वराजलाई वर्तमान सरकार नेपाल-भारत सम्वन्ध सुदृढ बनाउन चाहेको बताउँदै मधेसी र जनजातिको जायज माग सम्बोधन गर्न नयाँ सरकार तयार रहेको साथै नेपाल र भारतबीच उच्चस्तरको भ्रमण आदान-प्रदान गर्न चाहेको सन्देश भारतीय पक्षलाई दिएका छन् ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्रीका विशेष दूत निधिसँगको भेटमा भारतीय विदेशमन्त्री स्वराजले असन्तुष्टि सम्बोधनका लागि के तयारी छ भनेर सोधेकी थिइन् । जवाफमा निधिले संशोधनमार्फत सम्बोधन तराई मधेस र जनजातिको जायज माग सम्बोधन गर्ने तयारी रहेको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत