सार्वजनिक सवारीलाई तीन दिन भित्र परमिट लिन विभागको निर्देशन

Bus

४ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले इजाजत बिना चल्ने सार्वजनिक सवारीलाई सूचना प्रकाशित गर्दै ३ दिन भित्र रुट परमिट लिन निर्देशन दिएको छ ।

काभ्रेमा बस दुर्घटना भएसँगै ग्रामीण रुटमा चल्ने सबै सार्वजनिक सवारीले मंगलबारसम्म रुट परमिट अनिवार्य रुपमा लिनु पर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताएका छन् ।

महानिर्देशक श्रेष्ठले रुट परमिट नभएका सवारीलाई प्रहरीले रोक्ने गरेको बताउँदै काभ्रेमा दुर्घटना भएको बसको रुट जिरी-काठमाडौं रहेपनि तर उक्त बस ग्रामीण रुटमा बिना पर्मिट चलिरहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत