विभिन्न कार्यक्रम गरी परम्परागत गाईजात्रा मनाइँदै

३ भदौ, काठमाडौं ।  आज विभिन्न कार्यक्रमको आयोजना गरी परम्परागत गाईजात्रा मनाइँदैछ ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने सांस्कृतिक उत्सव आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

पुत्रशोकले बिह्वल भएकी आफ्नी रानीलाई राजा प्रताप मल्लले दुनियाँले पनि यस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएसँगै गाईजात्रा पर्व मनाउने प्रचलन चलेको जनविश्वास छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत