लिनेले सहयोग लिनु पर्यो नि ! – पौडेल

५ भदौ, चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा सभापति शेरबहादुर देउवासँग कुनै पनि छलफल नभएको बताएका छन् ।

शनिबार चितवनमा काँग्रेस निकट पत्रकारहरुसँग  नेता पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारमा जाने विषयमा पार्टीको निर्णय भएको भए पनि सरकारमा मन्त्री पठाउने विषयमा सभापतिले अहिलेसम्म आफूसँग कुनै छलफल नगरेको बताएका हुन् ।

पार्टीबाट सरकारमा क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा देउवासँग छलफल नभएको स्पष्ट गर्दै पौडेलले मन्त्री पठाउने विषयमा पार्टी सभापतिलाई सहयोग गर्न आफू तयार रहेको बताउँदै भने, ‘सहयोग लिनेले सहयोग लिनु पर्यो नि ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत