आधिकारिक ट्रेड युनियनलाई मात्र काम गर्न बाटो खुला – सर्वोच्च

६ भदौ, काठमाडौँ । निजामती कर्मचारीको सङ्गठन आधिकारिक ट्रेड युनियनका निर्वाचित कार्यसमितिलाई काम गर्ने बाटो खुलेको छ ।

आधिकारिक ट्रेड युनियनका विषयमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्दै अन्तरिम आदेश दिन नपर्ने भनेपछि युनियनका कार्यसमितिलाई काम गर्ने बाटो खुलेको हो ।

राष्ट्रिय कर्मचारी सङ्गठनका तर्फबाट वीरेन्द्र बस्नेतले आफूहरुले उपाध्यक्ष पद पाउनुपर्ने र निर्वाचित उपाध्यक्षलाई कामकारबाही गर्न नदिने भन्दै नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यालयलाई विपक्ष बनाई अन्तरिम आदेश माग गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज दिएको अन्तरिम आदेश दिन नपर्ने भन्दै कामका लागि बाटो खुला गराएका हुन् ।

इजलासले पहिलो मत प्राप्त गर्ने सङ्गठनले नै उपाध्यक्ष पद पाउने व्यवस्था भएकाले तेस्रो मत ल्याउने सङ्गठनले उक्त पद पाउनुपर्दछ भन्ने मागसँग सहमत हुन सकिएन भन्ने फैसला गरेको छ ।

जेठ १९ गते भएको ट्रेड युनियनको निर्वाचनमा पहिलो हुनेले नेपाल निजामती कर्मचारी सङ्गठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित आठ, दोस्रो हुने नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले महासचिवसहित सात र तेस्रो हुने नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले सचिवसहित तीन सदस्य पाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत