राष्ट्र र जनताको विपक्षमा आउने प्रस्ताव एमालेले अस्वीर गर्ने

६ भदौ, काठमाडौं । नेकपा एमालेले संविधान संशोधनप्रति सकारात्मक दृष्टिकोण रहे पनि राष्ट्र र जनताको विपक्षमा आउने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने घोषणा गरेको छ ।

पार्टीले सैद्धान्तिक रुपमा संविधानको संशोधनप्रति सकारात्मक दृष्टिकोण राख्छ । तर राष्ट्र र जनताको विपक्षमा आउने कुनै पनि प्रस्तावलाई अस्वीकार गर्ने कुरा स्थायी समितिको बैठकले निर्णय गरेको हो ।

एमालेले नयाँ सत्ता समीकरणका नेतृत्वकर्ता दलहरुको गतिविधि र नियत कुनै पनि निर्वाचन नगराई मुलुकलाई संवैधानिक रिक्ततातर्फ धकेल्ने रहेको भन्दै पूर्ववर्ती सरकारले घोषणा गरेअनुरुप नै निर्वाचन हुनुपर्ने निष्कर्षसमेत निकालेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत