रियो ओलम्पिक समापन आज

riyo-1६ भदौ । ब्राजिलमा जारी ३१ औं संस्करणको रियो ओलम्पिक २०१६ आजबाट समापन भएको छ ।

खेलमा पहिलो स्थानमा ४६ स्वर्ण, ३७ रजत र ३८ कास्य गरी १२१ पदक सहित अमेरिका, दोस्रो स्थानमा २७ स्वर्ण, २३ रजत र १७ कास्य गरी ६७ पदक पाएर ग्रेट ब्रिटेन र तेस्रो स्थानमा २६ स्वर्ण, १८ रजत र २६ कास्यसहित ७० पदक हात पार्न सफल भए ।

त्यस्तै क्रमशः चौथो स्थानमा १९ स्वर्ण, १८ रजत र १९ कास्य सहित रसिया, पाँचौ स्थानमा १७ स्वर्ण, १० रजत र १५ कास्य सहित जर्मनी, छैठांैमा ४१ पदकसहित जापान, सातौमा ४२ पदक सहित फ्रान्स, आठौं स्थानमा साउथ कोरियाले २१ पदक जित्न सफल भए भने नवौं स्थानमा इटाली २८ पदक जित्न सफल भयो र १० औं स्थानमा अष्ट्रेलिया ले २९ पदक जित्न सफल भयो ।

पुरुष फुटबलतर्फ ब्राजिलले गोल्ड मेडल हात पारेको छ भने महिला फुटबलतर्फ जर्मनीले हात पार्न सफल भएको छ ।

ब्राजिलको मकाराना रंगशालामा भएको रियो ओलम्पिक गत साउन २१ गतेबाट सुरु भएको थियो भने आज विशेष समारोहकाबीच कार्यक्रम समापन भएको हो । प्रतियोगितामा  दुई सय सात राष्ट्रका १० हजार ५ सय खेलाडीले भाग लिएका थिए ।

अब रियो ओलम्पिकको ३२ औं संस्करण जापानको टोकियोमा सन् २०२० मा हुनेछ

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत