आयोगले प्रस्ताव गरेको विधेयक मस्यौदाप्रति नेपाली सेनाको गम्भीर आपत्ति

८ भदौ, काठमाडौं । नेपाली सेनाले लोकसेवा आयोगले प्रस्ताव गरेको विधेयक मस्यौदाप्रति गम्भीर आपत्ति जनाएको छ ।

Nepalese army

नेपाली सेनामा प्रचलित भर्ना, छनोट, बढुवा लगायतका विषय प्रभावित हुने गरी आयोगले प्रस्ताव गरेको विधेयक मस्यौदाप्रति सेनाले आपत्ति जनाएको हो ।

मस्यौदा विधेयकमा नेपाली सेनालाई पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र संघीय कानुनद्वारा गठन भएको नेपाल सरकारका सबै सेवाहरू सरह परिभाषित गरेको छ ।

सेनाले आयोगको प्रस्तावलाई मापदण्ड तथा कार्यक्षेत्रभित्र नपर्ने भन्दै प्रस्तावित विधेयकमा उल्लिखित कतिपय प्रावधानप्रति गम्भीर आपत्ति र असहमति राखेको छ ।

स्रोतकाअनुसार सैनिक मुख्यालयले मंगलबार विधेयकमा उल्लिखित नेपाली सेनाको प्रावधानप्रति सुझाव र राय बुझाएको छ । नेपाली सेनाले घुमाउरो शैलीमा विधेयकमा उल्लिखित प्रावधानहरू हटाउन आयोगलाई आग्रह गरेको छ ।

यद्यपि, विधेयक संसदमा दर्ता भइसकेको छ ।

 आफूलाई ‘अन्य संघीय सरकारी सेवा’ को परिभाषाभित्र समावेश नगरी छुट्टै उल्लेख गर्न आयोगलाई सेनाले सुझाव दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत