कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएर बुधबार सपथ गराउने तयारी गर्दै

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएर बुधबार साँझ सपथ गराउने तयारी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको बताउदै मन्त्री छनोटमा कुनै विवाद नरहेको बताएका छन् ।

महामन्त्री शशांक कोइराला निवास टोखामा आयोजना गरको चियापना कार्यक्रममा संचारकर्मीहरुसँग सभापति देउवाले आफू उपचारका लागि शुक्रबार सिंगापुर जाने र बिहीबार सार्वजनिक विदा भएकाले बुधबार सरकारमा सहभागी मन्त्री पठाउने तयारी गरेका हुन् ।

देउवाले नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काको सिफारीसमा एक/एक जना र नेता रामचन्द्र पौडेलको सिफारीसमा तीनदेखि चार जना मन्त्री बनाउने तयारी गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत