सरकारको पहिलो काम संविधान संशोधन र कार्यान्वयन हुनुपर्छ – पूर्वमन्त्री साह

रामबाबु मेहता 
८ भदौ, कलैया । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा पूर्वमन्त्री प्रभु साहले बाराको कलैयामा बुधबार कार्यकर्ता तथा पत्रकार भेटघाटको क्रममा अहिलेको संविधानले मधेशीहरुको अधिकार साथै पहाडमा बस्ने गरीब, दलित, आदिवासी जनजाति लगायत उत्पीडनमा परेकाहरुको अधिकारलाई कटौती गरेको बताएका छन् ।

Prabhu

प्रेस सेन्टर नेपाल बारा शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा नेता साहले नयाँ सरकारको पहिलो काम संविधान संशोधन गरी खोसिएका सम्पूर्ण अधिकार समावेश गर्नुपर्ने बताउँदै संघीयताको सवालमा स्थानीय निकाय गठन जनसंख्याको अनुपातमा नमिलेको बताए ।

स्थानीय निकायको गठन सम्बन्धमा नेता साहले राजतन्त्रको भन्दा पनि राज्य पुनर्संरचना आयोगले बढी झन्झटिलो बनाउन खोजेको आरोप लगाए ।

बाराको जनसंख्याको तुलनामा सिन्धुपलाञ्चोकको थोरै जनसंख्या भएता पनि त्यहाँ १५ वटा गाउँपालिका र बारामा जम्मा ९ गाउँपालिका बनाउनुले राजतन्त्र भन्दा पनि बढी केन्द्रियता राज्य पुनर्संरचना आयोगले लाद्न खोजेको बताए ।

नागरिकले आत्मनिर्णयसहितको अधिकार प्राप्त गरोस् भन्ने पार्टीको लाइन रहेको बताउँदै नेता साहले मधेश एक प्रदेश हुनुपर्नेमा विभाजन गरिदिएको आरोप लगाए ।

पार्टीको जिल्ला संगठन एकता नभएको विषयमा नेता साहले नेतृत्वविहीन नमानी एकताबद्ध भई संविधान संशोधनका लागि अवाज उठाउनु पर्ने र पत्रकारहरुले पनि वास्तविक मुद्दालाई आमनागरिक सामु पुग्ने गरी समाचार सम्प्रेषण गर्नुपर्ने सुझाए ।

पत्रकार तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा माओवादीका के. सदस्य धुरी साह, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव तथा कलैया नगरपालिकामा नगर ईन्चार्ज मुकेश साह, उमेश यादव, अबदुलैस अन्सारी मोतिलाल साहको सहभागिता रहेको थियो ।

यसैगरी, लगायत प्रेस सेन्टर नेपालका सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष रामबाबु मेहता, केन्द्रिय सदस्य तथा सल्लाहकार गम्भीरा सहनी, केन्द्रिय सदस्य तथा जिल्ला उपाध्यक्ष प्रभु प्रसाद यादव,फैजुल्लाह आलम,सचिव मोहित चोधरी,कोषाध्यक्ष अनिल पाण्डे, लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत