पौडेल समूहले मन्त्री बन्नेको नाम टुङ्गो लगाउन नसक्दा बुधबार हुने भनिएको सपथ आज

९ भदौ, काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल समूहले सरकारमा आफ्नो समूहबाट कसलाई पठाउने भन्ने नाम टुङ्गो लगाउन नसक्दा बुधबार अपराह्न हुने भनिएको शपथ कार्यक्रम आज हुने भएको छ ।

Deuba-Paudel

काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार सरकारमा जाने मन्त्रीहरुलाई सपथ खुवाउने प्रबन्ध मिलाउन आग्रह गरिसकेको भए पनि पौडेल समूहले मन्त्री टुङ्गो लगाउन नसक्दा शपथ बिहीबारका लागि सारिएको हो ।

पौडेलले संसदीय दलको निर्वाचनमा ३० प्रतिशत मत पाएकाले त्यही हाराहारीमा मन्त्री लिनु पर्ने  पौडेल समूहको आग्रह छ । तर, पौडेलले आफूले ४० प्रतिशत मन्त्री पाउनु पर्ने दाबी गर्दै आएका छन् ।

कांग्रेस सभापति देउवा शुक्रबार उपचारका लागि सिंगापुर जाने भएकाले पनि बिहीबार शपथ गराउने निर्णयमा पुगेका छन् । स्रोतकाअनुसार प्रधानमन्त्रीले मुख्यसचिव सोमलाल सुवेदीलाई शपथको प्रबन्ध गर्न आग्रह गरिसकेको छ । देउवाले बिहीबार बिहानसम्म पौडेलले मन्त्रीको नाम नदिए आफैंले ११ जना मन्त्री चयन गरेर शपथ गराउने तयारी समेत गरेको छ ।

 नेता रामचन्द्र पौडेल समूहलाई चारजना मन्त्री छान्न मुस्किल परेको छ । महामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्य दीपक गिरीलाई मन्त्री सिफारिस गरेका छन् भने कोषाध्यक्ष सीतादेवी यादव मन्त्री बन्ने पक्का छ ।

बाँकी दुई मन्त्री छान्न भने धौधौ परेको छ । दुई मन्त्रीमा बलबहादुर केसी, नवीन्द्रराज जोशी, रोमी गौचन, आनन्दप्रसाद ढुंगानाले दाबी गरेका छन् । चारजनाबाट दुईजना छान्न गाह्रो भएकाले पनि पौडेलले मन्त्रीको नाम दिन ढिला गरेको स्रोतको दाबी छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत