प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमै किन पुगे गौतम ?

 ९ भदौ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली बैंककस्थित बुमरुमगार्ड अस्पतालमा नियमित स्वास्थ्योपचारका लागि प्रस्थान गरेपछि एमालेका कार्यवाहक अध्यक्ष बामदेब गौतम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

prachanda-Bamadev

प्युठानमा गएको भूकम्प र त्यसले पु-याएको मानवीय तथा भौतिक क्षतिको अध्ययनको सर्वदलीय टोलीको ज्ञापनपत्र बुझाउन कार्यवाहक अध्यक्ष गौतम बिहीबार अपरान्ह बालुवाटार पुगेका हुन् ।

सर्वदलीय टोलीमा एमाले कार्यवाहक अध्यक्ष बामदेब गौतम, माओवादी केन्द्रका नेताहरु रेखा शर्मा, कृष्णध्वज खड्का, नेपाली कांग्रेसका मुक्तिप्रसाद शर्मा, नयाँ शक्ति नेपालका नवराज सुवेदी, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, क्रान्तिकारी माओवादीका शिबराज पोख्रेल लगायतका नेताहरु सहभागी थिए ।

प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै सरकारले मन्त्री परिषद्को पहिलो बैठकबाटै बाढी पहिरोमा परी मृत्यु हुनेका परिवारलाई दिने राहत रकम ४० हजारबाट बढाएर १ लाख पु-याएको निर्णय स्मरण गराए । साथै, तत्कालै भूगर्वविद्को टोली पठाउने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत