बस दुर्घटनामा चालकसहित २२ जनाको मृत्यु, ५ जनाको सनाखत हुन बाँकी

१० भदौ, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङको कालिखोला भन्ने स्थानमा शुक्रबार बिहान भएको बस दुर्घटनामा चालकसहित २२ जनाको मृत्यु भएको छ ।

BUs acc.

नारायणी अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी नारायणसिंह खड्काकाअनुसार बस चालकसहित १७ जनाको सनाखत भएको छ ।

नारायणी अञ्चल प्रहरी कार्यालयकाअनुसार सनाखत हुनेहरुमा रौतहट महमदपुर ८ का २४ वर्षीय प्रमोद राम, रौतहट लौकाहाका राकेश यादव, कटारीया ९ रौतहटका ३४ वर्षीय व्रजकिशोर कुसवाहा, बसन्तपुर १ का २५ वर्षीय गणेशकुमार साह रहेका छन् ।

यसैगरी मुडल्वा ३ का ३७ वर्षीय चितरञ्जन यादव, मुडल्वा ६ का ३३ वर्षीय राजेशकुमार यादव र ठेगाना नखुलेको तर नेपाल खानेपानी संस्थानको कार्यालय सहायकको परिचयपत्र भएको जोकु साहको शव फेला परेको छ ।

रौतहट इनरुवा ७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी, भारत बिहारका ३६ बर्षीय फेकन ठाकुर र ३६ बर्षीय शंकर ठाकुर, भारत मोतिहारीका ४० बर्षीय रामसागर भगत, रौतहट राजपुरका कामेश्यरप्रसाद साह, पोखरा झल्लीडाँडाका ४१ बर्षीय चित्रबहादुर बोहरा, रौतहट गरुडा १४ जयनगरका २६ बर्षीय शेष सहजित आलम, रौतहट लोकाहा २ का सचिन्द्रप्रसाद यादव, गौर १३ सिर्सियाकी सन्ध्या श्रीवास्तव र बस चालक लेखनाथ ११ कास्कीका लोकबहादुर पौडेलको पनि सनाखत भएको छ ।

नारायणी अञ्चल प्रहरी कार्यालय एसएसपी खड्काकाअनुसार बस दुर्घटनाका मृतक ५ जनाको सनाखत हुन बाँकी रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत