स्वास्थ्य मन्त्री थापा पहिला पदभार ग्रहण गर्न मन्त्रालय होइन, टीका थाप्न सिटौला निवास पुगे

वेब तस्बिर

वेब तस्बिर

१० भदौ, काठमाडौं । कांग्रेसका नेता गगन थापा शुक्रवार बिहान स्वास्थ्य मन्त्रीमा नियुक्त भएसँगै शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएर सिधै पदभार ग्रहण गर्न सिधै मन्त्रालय होइन टीका र आर्शिवाद थाप्न कृष्णप्रसाद सिटौला निवास धुम्बाराही पुगेका छन् ।

मन्त्रीहरु पद तथा गोपनियताको सपथ लिएपछि पदभार ग्रहण गर्न सिधै मन्त्रालय जाने प्रचलन रहिआएको भए पनि पहिलोपटक मन्त्री बनेका थापाले आफ्नो प्यानलको नेताको आर्शिवाद थाप्न गई नयाँ चलन भित्र्याएका छन् ।

स्वास्थ्य मन्त्री बनेका थापा शीतलनिवासमा शपथ लिएर प्यानलका नेता सिटौलाको आर्शिबाद थाप्न धुम्बाराही निवासमै  पुगेका थिए । उनले आर्शिवाद थापेपछि मात्रै पदभार ग्रहण गरे ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको प्यानलबाट कांग्रेसको १३औं महाधिवेशनमा महामन्त्री पदमा चुनाव लडेका थापा महामन्त्रीमा पराजित भएका थिए । यद्यपि, थापा उनै सिटौलाकै सिफारिसमा स्वास्थ्यमन्त्री नियुक्त भएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत