आदिवासी जनजातिहरुलाई संविधानमा टेकेर आन्दोलन गर्न सभामुखको आहृवान

११ भदौ, काठमाडौं ।

Onsari

आदिवासी जनजाति सम्बद्ध संस्थाहरुले शनिबार काठमाडौंमा गरेको “संविधान संशोधनमा आदिवासी जनजातिहरुका सवाल” विषयक  अन्तक्रिर्यामा सभामुख ओनसरी घर्तीले जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको बताएकी छन् ।

सभामुख घर्तीले आदिवासी जनजातिले उठाएका राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणालीको मागप्रति आफ्नो पूर्ण समर्थन रहेको भन्दै संविधानमा टेकेर अधिकार प्राप्तिका लागि आदिवासी जनजातिहरुलाई आन्दोलन गर्न आहृवान गरेकी छन् ।

उनले आन्दोलन गर्दा प्राप्त उपलब्धिको कार्यान्वयन गर्न पनि दवाब दिइनुपर्ने अन्यथा भविष्यमा अधिकार प्राप्तिको बाटो नै बन्द हुने बताएकी छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत