बुद्ध एयरमा कार्यरत ३० वर्षीय पाइलट स्वछन्द घले पक्राउ

१२ भदौ, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र भएको अभियोगमा प्रहरीले बुद्ध एयरमा कार्यरत ३० वर्षीय पाइलट स्वछन्द घलेलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विमान चालकहरुको शैक्षिक प्रमाणपत्र नक्कली भए नभएको अनुसन्धान गर्न अपरेशन होक चलाएको छ । जस अन्तरगत नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएका विमान चालकहरुको शैक्षिक प्रमाणपत्रको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काटमाडौं डिल्लीबजारका घलेले त्रिवि प्रविणता प्रमाणपत्र विज्ञान संकायको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर पाइलट पढेको पाइएको छ भने उनको आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र बनाउन सहयोग गर्ने राजकुमार श्रेष्ठ पनि पक्राउ परेका छन् ।

प्रहरीकाअनुसार घलेले प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी दक्षिण अफ्रिकाबाट पाइलट कोर्स पूरा गरेको छ ।

नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक बनेर सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै “अप्रेशन क्वाक” सुरु गरेको सीआईबीले नक्कली पाइलट खोजी गर्न नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा “अप्रेशन ह्वाक” सञ्चालन गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत