संविधान संशोधन, पुनर्लेखन नेपाली आफैँले सल्ट्याउने – यादव

१२ भदौ, महोत्तरी । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन, पुनर्लेखन वा यस विषयसँग सम्बन्धित कुरा नेपाली आफैँले सल्ट्याउने बताएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले महोत्तरीको बर्दिवासमा आयोजना गरेको अन्तक्रियामा अध्यक्ष यादवले संविधान संशोधनको विषय नेपालीको नितान्त आन्तरिक मामिला भएको बताउँदै नेपाली आफैँले सल्ट्याउने उद्घोष गरेका हुन् ।

मुलुकमा गतवर्ष जारी भएको संविधानबारे साझा धारणा बनाउन र त्यसमा रहेका कमी कमजोरी नेपालीले नै समाधान गर्नुपर्छ भन्ने मान्यताअनुरुप गठबन्धन आन्दोलनमा रहेको यादवको भनाइ थियो ।

यादवले सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग काँग्रेस र माओवादी केन्द्र गठबन्धनको बीच भएको तीनबुँदे सहमतिअनुसार सरकारले तत्काल सिमाङ्कन मुद्दा समाधान गर्ने गरी संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न आवश्यक रहेको बताए ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत