“सरकार गरिब छ वृद्धभत्ता लिन्न” भन्ने १०५ वर्षीय जयपति चेपाङ रहेनन्

१२ भदौ, मकवानपुर । “सरकार गरिब छ वृद्ध भत्ता लिन्न” भन्ने  १०५ वर्षीय जयपति चेपाङको झाडापाखालाका कारण शनिबार दिउँसो मृत्यु भएको छ ।

मकवानपुर भार्ता गाविस ४ सिलौतीका चेपाङ समुदायका सबैभन्दा जेष्ठ नगारिक जयपति सात दिनदेखि उनी पखाला लागेर थला परेका थिए ।

Jayapati

स्थानीयवासी चित्र चेपाङकाअनुसार १६ वर्षीया नातिनी वुहारीले झाक्री खोजेर शुक्रबार वेलुका झारफुक गराएकी रहेछिन् । औषधि उपचार गर्न नपाएर चेपाङको मृत्यु भएको हो ।

२०६९ जेठ १९ गते कान्तिपुरमा ‘एक्लै ओडारमा हजुर बा’ शीर्षकको समाचार प्रकाशित भएपछि जनता आवास कार्यक्रम अन्तर्गत बनाइएको घरमा २०७० माघ १४ गते तत्कालिन प्रजिअ एकनारायण अर्यालको अगुवाईमा उनलाई ओडारबाट घरमा प्रवेश गराइएको थियो ।

ओडारमा नै उनी जन्मेका थिए। जनता आवास कार्यक्रम अन्तर्गत वनेको घर भूकम्पले भत्केपछि उनी फेरि त्यही ओडारमा नै फर्केका थिए । सरकारले बनाएको घर भन्दा देवताले बनाइएको घर वलियो हुदोरहेछ भन्दै उनी ओडारमा बसेका थिए ।

भूकम्पले घर भत्केपछि वृद्ध चेपाङ ओडारमा फर्के समाचार कान्तिपुरमा प्रकाशित भएपछि सहृदयीहरुको सहयोगमा घर पुनर्निर्माण गरेर २०७२ जेठ ८ गते नै ओडारवाट घर फकाईएको थियो । १७ वर्षीय नाति अगमसिंह चेपाङ विवाह गरेर उनीसँग वस्दै आएका थिए ।

नाति रोजगारी लागि काठमाडौं गएका थिए । हजुर वावुको मृत्यु भएको खबर पाएपछि उनी शुक्रबार वेलुका नै घर आइपुगेका छ ।

‘मकवानपुरका चेपाङहरुमध्ये सबैभन्दा जेठा चेपाङ जयपति नै हुन्,’ चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङले भने, ‘जयपतिको मुत्युबाट चेपाङको एउटा जिउदो इतिहास ढलेको छ ।’

ओडारमा बस्दा उनले सरकार गरिब छ वृद्ध भत्ता लिन्न भनेका थिए । छिमेकी, गाविस सचिव र सञ्चारकर्मीहरुले सम्झाई वुझाई गरेपछि मात्र उनले वृद्ध भत्ता लिने गरेका थिए । उनको दाहसंस्कार शनिबार गोराङदी खोलाको किनारमा हुने स्थानीयवासी महेश चेपाङले बताए । कान्तिपुरबाट

  •  
    40
    Shares
  • 40
  •  
  •  
  •  

तपाइको मत