ऊर्जामन्त्रीको निर्देशनपछि लाईन काटिएका ग्राहकबाट महसुल उठ्नेक्रम तीब्र

१४ भदौ, गुल्मी । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले महसुल नबुझाउने ग्राहकको लाइन काट्न शुरु गरेपछि लाईन काटिएका ग्राहकबाट महसुल उठ्नेक्रमले तीब्रता पाएको छ ।

Urja mantri

लाइन काट्न शुरु गरेको तीन दिनको अवधिमा विद्युत लाईन काटिएका ग्राहकहरुबाट असुल गर्नुपर्ने ३ लाख ८७ हजार मध्ये २ लाख ७६ हजार असुल भईसकेको गुल्मी वितरण केन्द्रले जनाएको छ ।

काँग्रेस र एमाले पार्टी कार्यालयको विद्युत लाईन काटिए

गुल्मी वितरण केन्द्रका प्रमुख दिपक सापकोटा काअनुसार जिल्लास्थित नेपाली काँग्रेस र एमाले पार्टी कार्यालयको बत्ती काटिएको छ । लामो समयदेखि विद्युत महसुल नतरेपछि ती कार्यालयहरुको लाइन काटिएको बताइएको छ ।

एमाले पार्टी कार्यालयले २३ हजार २ सय ४० रुपैयाँ र काँङग्रेस पार्टी कार्यालयले १५ हजार बिद्युत महसुलको बाँकी बक्यौता नबुझाएपछि लाइन काटिएको नेपाल बिद्युत प्राधिकरण गुल्मीले जनाएको छ ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत