सरकारको निर्णय: पूर्व राष्ट्रपतिलाई उपचार खर्च ६० लाख रुपैयाँ र दैनिक भत्ता ३०० डलर दिने

१३ भदौ, काठमाडौं ।

Dr Rambaranहालै भारतमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई प्रोस्टेट क्यान्सर देखिएको छ । सरकारले यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । यो पेश्की रकम मात्र हो । चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ ।

सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख उपचार खर्च बाहेक जाने-आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता दिनेछ । साथै उनका ३ जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने सरकारको निर्णय छ ।

यद्यपि, पूर्व राष्ट्रपति यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ । उनको निजी सचिवालयका अनुसार गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएकाले सेम्टेम्बर तेस्रो हप्ता अमेरिकाको हेनरीफोर्ड सेन्टरमा उपचारका लागि लगिनेछ ।

यसअघि भारतमा उपचार गराउन जाने क्रममा पनि सरकारले १० लाख रुपैयाँ दिएको थियो ।

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत