एसएलसी स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक

१५ भदौ, भक्तपुर । गत साउन १४ गतेदेखि २१ गतेसम्म परीक्षा सञ्चालन गरेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एसएलसी स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा सार्वजनिक गर्दै ६७ हजार ३३ जना परीक्षार्थीको स्तरवृद्धि भएको जानकारी दिए । उनले ४० जनाको नतिजा स्थगित गरिएको बताउँदै परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ हजार ७३ जना परीक्षार्थी सहभागी भएको बताए ।

एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिक तर्फ ‘डि’ र ‘ई’ ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना सहभागी हुनुपर्नेमा कम विद्यार्थी मात्रै सहभागी भएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत