नेपाली सेनाले माग्यो १५० जना अधिकृत क्याडेटका लागि दरखास्त

१५ भदौ, काठमाडौं । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ ।

जसअन्तर्गतखुल्ला तर्फ ८३ पद, आदिवासी जनजाति तर्फ २२, मधेसीमा १९, महिला तर्फ १५, दलिततर्फ १० र पिछडिएको क्षेत्र अन्तर्गत ३ पदका लागि विज्ञापन खोलिएको छ । सेनाले वेभ साइटबाट अनलाइन दरखास्त भर्न सकिने जनाएको छ ।

नेपाली सेनाकाअनुसार आवेदनका लागि जंगी अड्डढा, भद्रकाली, पूर्वी पृतना हेडक्वाटर इटहरी, मध्य पृतना हेडक्वाटर हेटौडा, पश्चिम पृतना पोखरा, मध्य पश्चिम पृतना सुर्खेत, सुदूर पश्चिम पृतना दिपायमा तोकिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत