आज बाबुको मुख हेर्ने पर्व मनाइँदै

१६ भदौ, काठमाडौं ।  आज देशभर पितालाई विशेष सम्मान गर्दै र दिवङ्गत पितालाई सिदादान, तर्पण र श्राद्ध गरेर बाबुको मुख हेर्ने पर्व मनाइँदैछ ।

Kushaप्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व पिताप्रति आदर सम्मान, मीठो खान तथा राम्रो लगाउन दिई मनाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष तथा धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले आज घरघरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पाप मुक्त भइन्छ भन्ने मान्यता रहेको बताए । त्यसैले उनले आजको दिनलाई कुश औसी साथै गोकर्णमा विशेष मेला लाग्ने भएकाले ‘गोकर्णे औँसी’ पनि भनिने गरेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत