देउवा फर्किएपछि संविधान संशोधनका विषयले उच्च प्राथमिकता पाउने

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्कनासाथ संविधान संशोधनका विषयले उच्च प्राथमिकता पाउने बताएका छन् ।

Rastrapati-Pradhanmantri

बिहीबार बिहानै शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका प्रधानमन्त्री प्रचण्डले मुलुकुको विद्यमान परिस्थितिबारे नियमित जानकारी गराउने क्रममा मधेसी दलहरूसँगको सहमतिमा संविधान संशोधन गराउने प्रयास भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रान्तीय र संसदीय निर्वाचनका लागि सत्ता, प्रतिपक्षी दल र मधेसीबीच भइरहेको द्विपक्षीय, बहुपक्षीय वार्तामा भए-गरेका कार्यहहरूको संक्षिप्त जानकारी दिँदै मधेसी दलहरूसँगको सहमतिमा संविधान संशोधन गराउने प्रयासमा  भइरहेको बताए ।

राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार डा. भेषराज अधिकारीकाअनुसार राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलका साथ मधेसी, थारू, जनजाति, आदिवासीलगायतका पक्ष र वर्गलाई समेटेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाएकी थिइन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत