प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारभित्रै तास खेल्ने कर्मचारी भन्छ- फोटो खिचेर केही हुँदैन ‘खिचखिच’ अस्ती पनि खिचेको हो

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा कार्यरत सबै कर्मचारीहरु देश र जनताको चिन्तामा होलान् भनेर सोच्नु भए उक्त सोच मिथ्या साबित भएको छ । बिहीबार कार्यालय समयमै केही कर्मचारी तास खेल्दाखेल्दै भेटिएका छन् ।

तस्बिर: अन्नपूर्णपोष्ट डटकम

तस्बिर: अन्नपूर्णपोष्ट डटकम

तास खेल्दै गरेको अवस्थामा भेटिएका एक कर्मचारीले “खिचेर केही हुँदैन खिचखिच, अस्ती पनि खिचेको हो, के भयो र ?” भनेको अन्नपूर्णपोष्ट डटकममा खबर छ :

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारभित्रै अन्नपूर्णका फोटो पत्रकार दिनेशविक्रम शाहले कर्मचारीहरु तास खेल्दै गरेको तस्बिर तथा भिडियो क्यामेरामा कैद गरेका छन् ।

अर्थ मन्त्रालयको अगाडि अनुगमन तथा मूल्याङ्कन महाशाखाको सूचना अधिकारी कक्षसँगै रहेकाे कर्मचारी अाराम गर्ने कक्षमा कर्मचारी तास खेल्दै गरेको अवस्थामा भेटिएका हुन् ।

मन्त्रालयका कर्मचारीले तास खेलिराखेको ठाउँमा दर्शक भने प्रहरी समेत देखिए । अन्नपूर्णकर्मीले तस्बिर र भिडियो खिच्न सुरुगरेपछि एक कर्मचारीले भने, ‘खिचेर केही हुँदैन खिचखिच, अस्ती पनि खिचेको हो, के भयो र ?’ एक कर्मचारीले यसरी बोले पनि  भिडियो कैद भएपछि कर्मचारी तास खेल्न छोडेर सूचना अधिकारीको कक्षबाट बाहिरिए ।

अर्थ मन्त्रालयको एक कार्यक्रममा सहभागी हुन सिंहदरबार पुगेका अन्नपूर्णका फोटो पत्रकार दिनेशविक्रम शाहको क्यामेरामा कैद भएको सरकारी कर्मचारीले कार्यकक्षमै तास खेलेको भिडियो https://www.youtube.com/watch?v=40wa_d_rYFs लिंकमा गएर हेर्न सक्नुहुन्छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत