बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगायो

१७ भदौ, म्याग्दी । गएराति परेको वर्षाका कारण बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ । स्थानीयवासी र प्रहरीले घटनास्थलमा बेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काअनुसार बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको छ । बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका थिए । बस्ती बाढी पसेर बगरमा परिणत भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत