आज हिन्दु नारीहरु दर खाने पर्व मनाउँदै

Teej

१८ भदौं, काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज हिन्दु नारीहरुले ‘दर’ खाएर दर खाने पर्व मनाइँदैछ ।

माइतीहरुले तीज मनाउन माइत आएका आफ्ना चेलीबेटीलाई दुध घ्यूबाट बनेका परिकार खीर, हलुवा, विभिन्न मिष्ठान्न परिकारको भोजन गराउने चलन दर खाने पर्वको रुपमा प्रचलित रहिआएको छ ।

निराहार व्रतको अघिल्लो दिन अर्थात् तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने चलन छ । द्वितीयाका दिन राति १२ बजे पछि निराहार व्रत बस्नेहरुले भाद्र शुक्ल चौथीका दिन बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाना खाने परम्परा छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत