उर्जामन्त्रीले निर्णय पुनर्विचार गर्लान् वा नागार्जुन दरबारको ७१ लाख ८० हजार विद्युत महशुल उठाउलान् ?

१८ भदौ, काठमाडौं । पदवहाली गरे लगतै विद्युत महसुल नतिरेका नारायणहिटीस्थित महेन्द्र मञ्जिलको विद्युत लाइन काटेर चर्चामा आएका उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनमा पूर्वराजा ज्ञानेन्द्र बस्ने नागार्जुन दरबारको विद्युत काटिएको छ ।

Urja mantri

यसैबिच फेसबुकको अाडमा विज्ञप्ति निकालेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई चोटिलो जवाफ दिँदै बिहीबार उर्जामन्त्री शर्माको निर्देशनमा विद्युत प्राधिकरणले पूर्वराजा ज्ञानेन्द्र बस्ने नागार्जुन दरबारको विद्युत काटिदिएको हो ।

उर्जामन्त्रीले महेन्द्र मञ्जिलको विद्युत काटिएपछि चौतर्फी विरोध भएसँगै नारायणहिटीस्थित उक्त मञ्जिलको विद्युत काट्ने निर्देशन आफूले नदिएको प्रष्टिकरण दिएका थिए । यससँगै मञ्जिलको विद्युत सुचारु गरेका उर्जामन्त्रीले पूर्वराजा ज्ञानेन्द्र शाहको विद्युत काटेका छन् । उनले यो पछिल्लो निर्णय पुनर्विचार गर्लान् वा नागार्जुन दरबारको विद्युत महशुल वक्यौता ७१ लाख ८० हजार रकम उठाउलान् ? यसको जवाफ पाउन केही समय पर्खनु पर्ने देखिन्छ ।

त्यसैगरी अघिल्लो पटक जनदवावको हवाला दिँदै आमाको निवासमा विद्युत काटिएर सुचारु भएपछि गल्ती सच्चाएको भन्दै विज्ञप्ति नै निकालेर उर्जा मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद दिएका पूर्व राजाले अब के गर्छन् ? यो पनि गर्भकै विषय भो, पर्खनु नै एक विकल्प देखिन्छ ।

यसअघि उर्जामन्त्रीको निर्देशनमा पूर्व राजा ज्ञानेन्द्र शाहकी आमा बस्दै आएको नारायणहिटीस्थित महेन्द्र मञ्जिलको बत्ति भदौ ५ गते आइतबार काटिएको थियो । तर, महेन्द्र मञ्जिलले विद्युत महसुल नतिरेको अवस्थामै संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको अनुरोधमा ऊर्जा मन्त्रालयले भदौ ६ गते सोमबार २४ घण्टा नबित्दै पत्राचार गरेपछि प्राधिकरणले लाइन जोडिदिएको थियो ।

महेन्द्र मञ्जिलमा विद्यूत आपुर्ति भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले विज्ञप्ति नै जारी गरेर भनेका थिए, ‘ममतामयी श्री छ मूमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको नारायणहिटी राजदरबार परिसरस्थित निवासस्थान महेन्द्र मन्जिलको विद्यूत आपुर्ति काटिएकोमा जनताले दर्शाएको सहानूभुति, सामाजिक सञ्जाल एवं आमसञ्चार माध्यामबाट व्यक्त असहमति अविस्मरणीय रहेको हामील ठानेका छौं । नेपाली जनता र राजसंस्थाबीच सदैव रहिआएको सम्बन्ध यस प्रकारबाट उजागर भएको हाम्रो ठम्याइ छ । जनताको दुःखमा राजा र राजाको दुःखमा जनताको साथ रहने परम्परागत मुल्य र मान्यता देशमा जीवित छौं ।

विद्यूत प्रसार सूचारु गर्न वातावरण बनाएर सहयोग पूर्याउने आम नेपाली जनता एवं सञ्चार माध्यमप्रति कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । त्यस्तै असावधानीवस भएको त्रुटी समयमै सच्याएर जन आवाजको कदर गरेकोमा हामी उर्जा मन्त्रालय र नेपाल सरकारलाई पनि धन्यवाद दिन चाहन्छौं ।’

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत