पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका ३ जनाको मृत्यु, १ जना वेपत्ता

१८ भदौं, ताप्लेजुङ । गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका ३ जनाको मृत्यु र १ जना वेपत्ता भएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले दिएको जानकारी अनुसार पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालिका दुईका टिका मगरकी श्रीमती विमला मगर छोराहरु मनोज र ललित मगरको मृत्यु भएको छ ।

यसैगरी पहिरोले घर पुरिएर ताप्लेजुङ नगरपालीका ८ की माइली  लिम्बुनी बेपत्ता भएकी छिन् भने कान्छी लिम्बु घाइते छिन् ।

पहिरोले ताप्लेजुङ नगरपालिका ८ दोखुमा मात्र २० भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । पहिरोका कारण दर्जनौ घरमा क्षति पुगेको छ भने ठाँउठाँउमा पहिरो झरेपछि मेची राजमार्ग समेत अवरुद्ध बनेको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डे काअनुसार घटना स्थलमा अहिले प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी पुगेकाले तथ्याङ्क संकलन गर्ने काम भइरहेको  छ ।

करेन्ट लागेर चितवनमा एक जनाको ज्यान गयो

 चितवन । पश्चिम चितवन शखंरचोकमा वेल्डिङ गर्ने क्रममा २७ वर्षीय विक्रम परियारको शुक्रबार साँझ ६ बजे करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय सुदिप देवकोटाका अनुसार अस्पताल लैजाने क्रममा परियारको बाटोमै ज्यान गएको हो । शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

ट्याक्टर पल्टिदा ९ जना घाइते

पर्वत । जिल्लाको बराचौर गाविस ३ स्थित भलायेडाँडामा ध १ त ३१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल कालिगण्डकीमा खस्दा ट्याक्टरमा सवार ९ जना घाइते भएको र ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार रोल्पा जिल्ला सिर्प ३ बस्ने वर्ष ४० का रिकमान पुन, १९ वर्षीय याम बहादुर पुन र १८ वर्षीय  श्याम पुनको अवस्था गम्भीर रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत