महसुल नतिरेका ग्राहकको विद्युत् लाइन काटियो

Bulb 1

१८ भदौ, बैतडी । नेपाल विद्युत् प्राधिकरण बैतडीले गत जेठदेखि हालसम्म विद्युत् महसुल तिर्न बाँकी २१९ ग्राहकको विद्युत् लाइन काटेको छ ।

प्राधिकरण वितरण केन्द्र बैतडीका लेखा प्रमुख उत्तम रेग्मीकाअनुसार ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि विद्युत् महसुल तिर्न बाँकी ग्राहकको यस महिनामा मात्र ७२ ग्राहकको विद्युत् लाइन काटिएको छ ।

रेग्मीले विद्युत् महसुल नबुझाउने सरकारी कार्यालय र अन्य ग्राहकको तिर्न बाँकी महसुल रकम नतिरेकाले विद्युत् लाइन काटिएको बताउँदै बक्यौता रकम बुझाएमा लाइन पुनः जोड्न सकिने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत