नील आर्मस्ट्रङ्सँगै चन्द्रमामा पुगेका एल्ड्रिन मङ्गलबार बिराटनगर आउँदै

१९ भदौ, बिराटनगर ।

Buzz-Aldrinपहिलो अन्तरिक्ष यान एपोलो–११ मार्फत नील आर्मस्ट्रङ्सँगै चन्द्रमामा पुगेर मानव पाइला राख्ने अर्का यात्री बज एल्ड्रिन मङ्गलबार बिराटनगर आउँदैछन् ।

सुनसरी जिल्लाको सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना हुने भनी तय भएको कार्यक्रममा नेपालीलाई आफ्नो चन्द्रमाको अनुभव सुनाउन  बज एल्ड्रिन मङ्गलबार बिराटनगर आउन लागेको एभरेस्ट साइन्स सेन्टरका निर्देशक दिलीप अधिकारीले जानकारी दिए ।

अन्तरिक्ष यात्री सोमबार काठमाडौँ आइपुग्ने छन् । एल्ड्रिनले मङ्गलबार ठूलो सङ्ख्यामा विद्यार्थी माझ चन्द्रमामा पाइला राख्दाको अनुभव सुनाउनेछन् भने मङ्गल ग्रहमा बस्ती बसाउन सकिने योजनाबारे पनि आफ्नो योजना प्रस्ट पार्ने छन् ।  रासस

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत