न्यायलयमा हुने अनियमितता नियन्त्रण गर्ने कानुनमन्त्रीको उद्घोष

Kanun Matri

१९ भदौ, भक्तपुर । कानुन तथा न्याय मन्त्री अजय शंकर नायक ‘अविनाश’ले न्यायलयमा हुने गरेको अनियमिततालाई नियन्त्रण गर्ने उद्घोष गरेका छन् ।

आइतबार भक्तपुरमा रफत सञ्चार क्लबले गरेको साक्षतकारमा मन्त्री अविनाशले नेपालका तीनै निकाय भ्रष्टाचारबाट अछुतो नरहेको बताउँदै न्यायलयमा भइरहको अनियमिता र भ्रष्टाचार नियन्त्रण गर्ने बताए ।

अर्को एक प्रसङ्गमा मन्त्री अविनाशले सरकारले तोकेको समयमा तीनै तहको निर्वाचन गर्ने तयारी भइहरको भन्दै उनले २०७४ माघभित्र तीन तहको निर्वाचन नभए देशमा संवैधानिक संकट देखा पर्ने समेत बताए ।

उनले भारत र चीनका लागि पठाइएको विशेष दुतका बारे कसैले टिप्पणी गर्नु जायज नभएको भन्दै प्रधानमन्त्रीले दुतहरुसँग चिट्ठी पठाउनु कुनै नौलो नभएको समेत बताए ।

मन्त्री अविनाशले मधेसको मुद्दा केही व्यक्तिको माग नभएर आम मधेशको माग रहेकाले नयाँ सत्ताको गठबन्धन बन्नेक्रममा गरिएको तीन बुँदे सहमतिको कार्यान्वयन गर्न संविधान संसोधन गर्नु पर्नेमा जोड दिए ।

उनले संविधान संशोधन गरी मधेसका माग सम्बोधनसँगै निर्वाचनको वातावरण तय हुने समेत दाबी गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत