पोखराको मुख्य व्यापारिक क्षेत्रकै जमिन भासिएपछि स्थानीय त्रसित

१९ भदौ, कास्की । पोखराको मुख्य व्यापारिक क्षेत्र चिप्लेढुङ्गास्थित पन्थी गल्लीमा जमिन भासिएपछि स्थानीय त्रसित भएका छन् ।

ChipleDhunga Galli

पोखराको विच भागमै जमिन भासिएपछि दुई वटा सटरमा क्षति पुगेको छ भने एक घर जोखिममा परेको छ ।

स्थानीयले दिएको जानकारी अनुसार गएरातिदेखि सुरु भएको जमिन भासिने क्रम अहिले पनि जारी छ । स्थानीय राधाकृष्ण रौनियारको दुई वटा सटर भासिएको छ । जमिन भासिएपछि अहिले सटरमा बस्न सक्ने अवस्था छैन ।

त्यस्तै राधाकृष्ण रौनियारको सँगै रहेको प्रेम प्रसाद अधिकारीको चार तले घर पनि जोखिममा परेको छ । जमिन करिब १० फिट गहिरो भासिदा वरपर ओडार जस्तो बनेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भासिएको क्षेत्र वरपर सडकमा सवारी आवत-जावत बन्द गरिएको छ भने सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत