बारा जिविसको कार्यालयमा अनिश्चतकालीन तालाबन्दी

रामबाबु मेहता
१९ भदौ, कलैया । जिल्ला विकासको कार्यालय बारामा आइतबारबाट अनिश्चतकालीन तालाबन्दी गरिएको छ । जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका नेताहरु साथै जिविस प्रतिनिधिहरुले जिविसमा तालाबन्दी गर्दै विज्ञप्ति नै जारी गरेका हुन् ।

Kalaiya

भदौ १८ गते बसेको बैठकमा राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुले श्रावण ४ गते आफुहरुले गरेको निर्णयअनुसार १५ दिन भित्र कार्यालयमा रहेका साना ठूला गाडीहरु र करारका कर्मचारीहरुको विषयमा आवश्यक छानबिन गरी निर्णय कार्यान्वयन गराउने विषय उठान गरेका थिए ।

तर, स्थानीय विकास अधिकारी नारायण पाण्डे निर्णय कार्यान्वयन गराउने विषयलाई वेवास्ता गर्दै निर्णय कार्यान्वयन गर्न आलटाल गरेपछि जिविस प्रतिनिधिहरुले जिविसमा तालाबन्दी गर्दै विज्ञप्ति जारी गरेका हुन् ।

दलका नेता तथा प्रतिनिधिहरुले आफूहरुको निर्णय कार्यान्वयन नहुञ्जेलसम्मका लागि जिविस कार्यालयका स्थानीय विकास अधिकारीको कार्य कक्षका साथै लेखा, प्रशासन, प्रविधि, समाजिक शाखा,सूचना तथा समाजिक विकास शाखामा अनिश्चतकालका लागि तालाबन्दी गरिएको विज्ञाप्तिमा उल्लेख गरेका छन् ।

जिविस कार्यालयमा तालाबन्दी गरिएको भन्दै जारी विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका नेता श्याम किशोर यादव, नेकपा एमालेका नेता बतहु यादव, राप्रापा नेपालका नेता राजनरायण साह, तमलोपाका नेता श्याम प्रसाद गुप्ता, संघीय समाजवादी पार्टीका रामबाबु कुमार यादवले हस्ताक्षर गरेका छन् ।

यसैगरी विज्ञप्तिमा फोरम लोकतान्त्रिकका ओम प्रकाश चौधरी, नेपाल सदभावना पार्टीका महेन्द्र मण्डल, नेपाल मजदुर किसान पार्टीका मुक्ति यादव, संलोरा मञ्चका शुवस प्रसाद चौधरी ,राष्ट्रिय जन एकता पार्टीका मोलाजिम मियाँ र संघीय राष्ट्रिय जनमुक्ति पार्टीका राजवशी चौधरी र जिविस प्रतिनिधिहरुको समेत हस्ताक्षर रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत