हिन्दु नारीहरू आज हरितालिका तीज पर्व पूजा आराधना गरी मनाउँदै

१९ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन आज हिन्दु नारीहरूले हरितालिका तीज पर्व पूजा आराधना गरी मनाउँदै छन् ।

सत्ययुगमा छोरी पार्वतीको इच्छा विपरीत पिता हिमालयले विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीलाई साथीहरूले लुकाए । लुकाएकै ठाउँ गौरीघाटमा पार्वतीले  निराहार व्रत बसी महादेव पति पाउने बरदान मागेपछि महादेवलाई प्राप्त गरिन् ।

धर्मशास्त्रीय मतअनुसार साथी पार्वती समस्यामा परेको थाहा पाएपछि पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन सुरु भएको हो ।

संस्कृत भाषामा ‘हरित’ शब्दको अर्थ ‘हरण’ गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । ‘हरित’ र ‘आलिका’ शब्द मिलेर ‘हरितालिका’ शब्द बनेको छ ।  पार्वतीले सत्ययुगमा हरितालिकाको दिन निराहार व्रत बसी पति महादेव पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने जनविश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत