पूर्वमन्त्री गुप्ता महिला व्यवसायीलाई धम्क्याएको आरोपमा फेरि पक्राउ

२० भदौ, ललितपुर । व्यावसायी पवन संघाइलाई २०६८ सालमा डिल्लीबजार गणेस्थानबाट अपहरण गरेको आरोपमा तीन वर्ष कारागार बसेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ परेका छन् ।

ललितपुर परिसरका एसएसपी पिताम्बर अधिकारीका अनुसार एक महिला व्यवसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा गुप्तालाई ललितपुरको ताल्छिखेलबाट सोमबार पक्राउ गरेको हो ।

गुप्तालाई धम्की तथा शरीरबन्धक अन्तर्गत मुद्दा चलाउन अनुसन्धानका लागि चार दिनको म्याद थप भएको छ ।

यस अघि गुप्ता २०६८ सालमा व्यावसायी सांघाइलाई अपहरण गरी ८० लाख रुपैयाँ फिरौती असुल गरेर २० दिनपछि मुक्त गरेको आरोपमा तीन वर्ष कारागार बसेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत