माओवादी केन्द्र सप्तरीमा राप्रपा र एमालेबाट आउनेको दबदबा !

शान्ति प्रक्रियामा आएपछि नवप्रवेशीहरुले जनयुद्धकालीन योद्धाहरुलाई पाठ सिकाउँदै !

Maoist centre

२० भदौ, राजविराज । नेकपा (माओवादी केन्द्र) सप्तरीमा पछिल्लो समय राप्रपा र एमालेमा भाग नपाएर माओवादी प्रवेश गरेकाहरुले क्रान्ति र युद्धको पाठ सिकाउन थालेकाले जनयुद्धकालीन माओवादी नेता तथा कार्यकर्ताहरु उनीहरुलाई नजिकबाट नियालिरहेको बताउँदै पार्टी नीतिविरुद्ध जानेहरु पार्टीबाट आफैँ बढारिने बताउन थालेका छन् ।

स्रोतकाअनुसार विभिन्न समयमा विभाजित माओवादी घटकहरुको गत जेठ ६ गते एकता भएपछि जनयुद्धको उत्तराद्र्धमा र विस्तृत शान्ति–सम्झौतापछि शान्तिकालमा माओवादी बनेर सत्ताको वरिपरी रहेका नवप्रवेशी माओवादीहरुले सप्तरीमा जनयुद्धकालीन योद्धाहरुलाई पाठ सिकाउन थालेका हुन् ।

जनयुद्धको उत्तराद्र्धमा नेकपा माओवादीमा प्रवेश गरेका लोकेन्द्र बहादुर चन्द नेतृत्वको राप्रपाको युवा संगठनमा रहेर सप्तरीमा काम गरिरहेका उमेश कुमार यादव अर्थात् पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा माओवादीबाट सिंचाईमन्त्री बनेका यादवले यतिबेला दुई नम्बर प्रदेशमा माओवादी पार्टीको एकता विपरीत गतिविधि गरिरहेको स्रोत बताउँछ ।

पूर्वनेकपा (माओवादी)का संयोजक मातृका यादव दुई नम्बर प्रदेशको इन्चार्ज बनिसकेपछि सप्तरीका उमेश यादवको टाउको दुखाई बनेको स्रोतको दावी छ । त्यसो त स्रोतकाअनुसार पूर्वसिंचाईमन्त्री उमेश यादवले ओली नेतृत्वको सरकार ढलिसकेपछि माओवादी केन्द्रका हेडक्वाटर सदस्य मातृका यादव लगायत केही नेतालाई पुनःसिंचाईमन्त्री बनाइदिन सिफारिस गर्न आफ्ना आसेपासेलाई विभिन्न केन्द्रमा खटाएका थिए ।

तिनै उमेश यादव यतिबेला नेकपा माओवादी केन्द्रका दुई नम्बर प्रदेशका पार्टी ईन्चार्ज मातृका यादवलाई असफल गर्न र गराउन असहयोगी खेल खेल्न थालेका छन् । उनले अदृष्य रुपमा विभिन्न पात्र प्रवृत्तिलाई विभिन्न संगठनमार्फत् परिचालन गरेको स्रोतले हाकाहाकी डटकमलाई बताएको छ ।

स्रोतकाअनुसार कुर्सीकाण्डे सांसदको रुपमा समेत परिचय बनाएका पूर्वमन्त्री समेत रहेका उमेश यादवले यतिबेला तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि एमाले पार्टीले २०६४/०६५ मा एमाले निकट प्रेस चौतारीको सप्तरी जिल्ला अध्यक्ष पद नदिएपछि बिरक्तिएका राजु विश्वकर्मालाई बोकेका छन् ।

तत्कालिन माओवादी पार्टीले एमाले निकट प्रेस चौतारीमा जोडिएका राजु विश्वकर्मालाई गोपाल गुप्ताको संयोजकत्वमा गठित क्रान्तिकारी पत्रकार संघ सप्तरीको सचिव बनाएर सँगै हिँडाउने र क्रान्तिकारी बनाउने प्रयास गरे पनि विश्वकर्माले माओवादीको आवरणमा माओवादी केन्द्रको नीति विरोधी गतिविधि गरिरहेको जिल्लामा कार्यरत पार्टी कार्यकर्ता साथै माओवादी निकट पत्रकारहरुले बताउने गरेका छन् ।

उमेश यादवले आफ्नै मामा नाता पर्ने भागवत यादवलाई अघि सारेर राजु विश्कर्मामार्फत् आफ्ना गतिविधि गर्न उचालिरहेको भुक्तभोगीहरुले हाकाहाकी डटकमलाई बताएका छन् ।

उसो त राजु विश्वकर्माको हकमा नेपाली उखान ‘नानीदेखिको बानी’ भन्ने उखान चरितार्थ भएको छ । विश्वकर्माले पार्टीको विभिन्न फुट पछि पार्टीको निर्णय विपरीत आफ्नै नेतृत्वमा पटक–पटक गुट निर्माण गरेका छन् । उसलाई कसले निर्देशित गरेको छ भन्ने अब खोजीको विषय बनेको नेकपा माओवादीका केन्द्रका नेताहरु नै बताउन थालेका छन् । साथै, स्रोत भन्छ, पार्टी विरुद्ध गतिविधि गर्नेलाई अब छुट दिइने छैन् ।

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा दुई नम्बर प्रदेशका सचिवालय सदस्य अशोक कुमार मण्डल ‘अमर’काअनुसार प्रदेशको बैठकले प्रदेश अन्तर्गतका जिल्लाको जबस मोर्चा, पेशागत संगठनको एकता भेला तथा प्रशिक्षण लगायत कार्यक्रमहरु गर्दा एकता प्रक्रियामा सहभागी सबै माओवादी घटकका पूर्व जिल्ला ईन्चार्ज वा पूर्व जिल्ला संयोजकहरुको उपस्थितिमा मात्र गर्ने र सबै घटकको सहभागी बिना गठन हुने कुनै पनि संगठन पार्टीको आधिकारिक नहुने निर्णय गरिएको बताएका छन् ।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा दुई नम्बर प्रदेशका सचिवालय सदस्य ‘अमर’ले सप्तरी जिल्लामा पछिल्लो समय केही अराजक व्यक्तिहरुले एकताको भाव र मर्मविपरीत एकपक्षीय रुपमा गठन गरिएका संगठनहरु अवैधानिक रहेको बताएका छन् ।

विश्वकर्मा अध्यक्ष नै बन्नु पर्ने कारण आर्थिक

एनेकपा माओवादीबाट मोहन वैद्य ‘किरण’ समूह विभाजन भएर जानेक्रममा क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष गोपाल गुप्ता ‘वैद्य’ माओवादीमा गएपछि एमाओवादीले महेन्द्र प्रसाद मण्डल बनबरीलाई क्रान्तिकारी पत्रकार संघ सप्तरीको अध्यक्ष बनाएको थियो ।

एमाओवादीले बनबरीलाई क्रान्तिकारी पत्रकार संघ सप्तरीको अध्यक्ष बनाएपछि आफू अध्यक्ष बन्न नपाएको भन्दै त्यतिबेला राजु विकले आफ्नै अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको थियो ।

विभिन्न समयमा विभाजित माओवादीहरु २०७३ जेठ ६ गते एकता भएपछि आर्थिकरुपमा अपारदर्शी रहेका राजु विक प्रेस सेन्टर नेपाल सप्तरीको एकता भेलामा समेत बखेडा झिकेर अवैधानिक संगठनको नेतृत्व गरिरहेका छन् ।

स्रोतकाअनुसार २०७३ साउन ३२ गते प्रेस सेन्टर नेपाल सप्तरीको एकता भेला उद्घाटन भएको थियो । उक्त दिन समय अभावका कारण बन्दसत्र हुन नसकेपछि भदौ ६ गते बिहान ८ गते सुरु गर्ने गरी स्थगन भएको थियो ।

बन्दसत्रमा के भयो ?

निर्धारित मिति र समयमा नै भदौ ६ गते जिल्ला पशुसेवा कार्यालयको हलमा बन्दसत्र सुरु भयो । बन्दसत्रमा प्रतिनिधि तथा पर्यवेक्षक पत्रकारहरुका साथै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पूर्वएमाओवादीबाट पूर्वएमाओवादीका सप्तरी जिल्ला ईन्चार्ज एवम् सप्तरी जिल्ला क्षेत्र नं.२ का सांसद अशोक कुमार मण्डल ‘अमर’, रामबहादुर थापा ‘बादल’ नेतृत्वको पूर्व नेकपा क्रान्तिकारी माओवादीबाट पूर्वनेकपा क्रान्तिकारी माओवादी ‘बादल’ समूहका सप्तरी जिल्ला ईन्चार्ज देवनाथ यादव र मातृका यादव नेतृत्वको पूर्वनेकपा माओवादीबाट पूर्वनेकपा माओवादी ‘मातृका’ समूहका जिल्ला संयोजक जयप्रकाश यादवको विशेष उपस्थिति रहेको थियो ।

यसैगरी बन्दसत्रमा प्रेस सेन्टर नेपाल प्रदेश नं. २ का ईन्चार्ज एस.बी.थापा मगर, संयोजक देवराम यादव र सहसंयोजक हिरालाल चौधरीको उपस्थिति रहेको थियो ।

एकता प्रक्रियामा आएका सबै माओवादी घटकका जिल्ला इन्चार्ज र संयोजकको उपस्थितिमा  १९ सदस्यीय प्रेस सेन्टर नेपाल सप्तरी शाखा गठन गर्ने क्रममा उमेश यादवको निर्देशनमा उनको मामा भागवत यादवले तयार पारेको पत्रकारको नामावली र राजु विकले माग गरेअनुसारकै पदाधिकारी र सदस्यहरुलाई माग गरेकै पदमा राखेर कमिटी गठन गरिएको थियो ।

तर, राजु विकले बन्दसत्रमा कमिटीमा राख्न भनेर उनी आफैँले दिएको नाम र पदमा ती पात्रहरुलाई राखेर कमिटी घोषणा गर्दा समेत विकले ‘हामी यो कमिटीलाई मान्दैनौ, मेरै नेतृत्वमा कमिटी गठन गरिन्छ’ भनेर बन्द सत्रबाट बाहिरिएका थिए ।

विकले ‘पत्रकार पार्टीको भातृ संगठन हुनै सक्दैन’ भन्दै ‘हामी पत्रकार हौं, पार्टीको निर्णय मान्दैनौ’ भनी बाहिरिएको बन्दसत्रका एक प्रतिनिधि पत्रकारले हाकाहाकीलाई बताए ।

प्रेस सेन्टर नेपालको लेटरप्याड दुरुपयोग

पत्रकार पार्टीको भातृ संगठन हुनै सक्दैन भन्दै आफ्नै नेतृत्वमा कमिटी गठन गर्ने भनेर बन्दसत्रबाट बाहिरिएका राजु विकले प्रेस सेन्टर नेपालको लेटरप्याड दुरुपयोग गरी आफ्नै अध्यक्षतामा प्रेस सेन्टर सप्तरी गठन भएको भनी सञ्चार माध्यममा विज्ञप्ति पठाएका थिए ।

विकको विज्ञप्तिको खण्डन गर्दै प्रेस सेन्टर प्रदेश नम्बर २ का इन्चार्ज एस.बी.थापा मगर र संयोजक देवराम यादवले विज्ञप्ति नै जारी गरेका थिए ।

राजेन्द्र महतोको संघीय प्रेस फोरमदेखि प्रेमसिंह धामीको केन्द्रीय सदस्य विकको उपाध्यक्ष

प्रेस सेन्टर नेपालको लेटरप्याड दुरुपयोग गरी विकले गठन गरेका अनधिकृत कमिटीमा रहेका केही पत्रकारको नालीबेली हाकाहाकी डटकमले फेला पारेको छ ।

एमाओवादीको आधिकारिक क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेन्द्र प्रसाद मण्डल बनबरीलाई अध्यक्ष अस्वीकार गरी जिल्लामा समानान्तर कमिटी गठन गरेर आफूलाई क्रान्किारी पत्रकार संघको अध्यक्ष बताउने राजु विकले क्रान्तिकारी पत्रकार संघको कुनै पनि सदस्यता नै नलिएका गैर–पत्रकारलाई समेटर अनधिकृत कमिटी बनाएका थिए ।

विकले गठन गरेको अबैधानिक कमिटीका पत्रकार यस्ता छन्  :

राजु विक
एमाले निकट प्रेस चौतारी सप्तरीमा जिल्ला अध्यक्ष पद नपाएर विरक्तिएकै बेला गोपाल गुप्ताले एमाओवादी निकट क्रान्तिकारी पत्रकार संघमा ल्याएर सचिव बनाएको । बनबरी नेतृत्वको आधिकारिक पूर्वक्रान्तिकारी पत्रकार संघका अनुसार विक आर्थिकरुपमा अपारदर्शी व्यक्ति हुन् ।

अरुण कुमार तिवारी
अहिले पनि अरुण तिवारीको पार्टी राप्रपा हो । स्रोत भन्छ, ‘राजु विकले पत्रकार कुनै पार्टीको हुँदैन भन्दै टिपेर ल्याएको रहेछ, विकले पत्रकार चाहिँ माओवादीको, पार्टी सदस्य चाहिँ राप्रपाको बनाएको छ ।’ तिवारी हिन्दी भाषामा प्रकाशित हुने हिमकिरण साप्ताहिकमा आवद्ध छन् ।

कमानन्द माझी
प्रेमसिंह धामी नेतृत्वको पार्टीमा अहिले पनि केन्द्रीय सदस्य रहेका कमानन्द माझी सप्तरी जिविस र नगरपालिकाको सर्वदलीय बैठकमा धामीको पार्टीको तर्फबाट प्रतिनिधि भएर बैठकमा जाने व्यक्ति हुन् ।

श्यामसुन्दर यादव
राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी आवद्ध श्यामसुन्दर यादव महतोको सदभावना पार्टी निकट रहेको संघीय प्रेस फोरमको जिल्ला सदस्य समेत हुन् ।

भान्जाको निर्देशन मामाको संयोजनमा राजुको गतिविधि

पूर्वमन्त्री उमेश यादवको निर्देशन र उमेशको मामा भागवत यादवको साथ, सहयोग र संयोजनमा राजु विकले आफ्नै अध्यक्षतामा पार्टी नीति विपरीत अवैधानिक कमिटीको उपाध्यक्षमा अरुण कुमार तिवारी, श्यामसुन्दर यादव, कमानन्द माझीलाई राखेर आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् ।

पछिल्लो समयमा राजु विकले आफूलाई दुई नम्बर प्रदेशको पार्टी इन्चार्ज भएको छनक दिने गरी २०७३ भदौ १७ गते संयुक्त विज्ञप्ति जारी गरेका छन् । विकले रामचन्द्र यादवलाई अखिल नेपाल विद्युतीय रिक्सा श्रमिक संघको अध्यक्ष, अनिल चौधरीलाई अखिल नेपाल खेलकुद महासंघको संयोजक र आफूलाई प्रेस सेन्टर सप्तरीको अध्यक्ष भनी प्रेस विज्ञप्ति जारी गरेर आफ्नो नग्न चरित्रलाई झन् उदाङ्गो पारेका छन् ।

विकले २०७३ भदौ १७ गते जारी गरेको संयुक्त विज्ञप्ति :

Microsoft Word - press bigyapti 17 bhadra.doc

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत