सबै दल एकजुट भए मात्रै राज्य पुनःसंरचनाको काम अघि बढ्न सक्ने – राज्यमन्त्री श्रीप्रसाद जवेगु

२० भदौ, इलाम । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले प्रेस सेन्टर इलामले सोमबार आयोजना गरेको पत्रकार भेटघाटका कार्यक्रममा सबै राजनीतिक दल एकजुट भए मात्रै राज्य पुनःसंरचनाको काम अघि बढ्न सक्ने बताएका छन् ।

Jagebu

राज्यमन्त्री जवेगुले राज्य पुनःसंरचना अहिलेको आवश्यकता भएकाले सबैले राज्य पुनःसंरचना आयोगलाई सहयोग गर्न आग्रह गरे ।

सरकारले स्थानीय निकायको निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै राज्यमन्त्री जवेगुले स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन तयार गरेपछि राजनीतिक दलको सहमतिका आधारमा स्थानीय तह पुनःसंचनाको विवाद समाधान हुने बताए ।

राज्यमन्त्री जवेगुसँग इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङले नगरपालिकाको खानेपानी समस्या, शीतभण्डार सञ्चालन र सुकिलुम्बा विमानस्थल चाँडोभन्दा चाडो निर्माणका लागि पहल लिन आग्रह गरेका थिए । पत्रकार भेटघाट लगतै जिविस र  नगरपालिकाको संयुक्त आयोजनामा भएको कर्मचारी भेटघाट कार्यक्रम भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत