प्रधानमन्त्री प्रचण्ड भारतको प्रस्तावित मितिमै नयाँदिल्ली जाँदै

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय विकास समितिको बैठकमा भारतले प्रस्ताव गरेकै मितिमा नयाँदिल्ली जाने बताएका छन् ।

pm dahal

भारतले प्रस्ताव गरेको मितिमा नयाँदिल्ली जान नहुने दबाब माओवादी केन्द्र भित्रैबाट आए पनि प्रधानमन्त्री प्रचण्डले सोमबार विकास समितिको बैठकमा आउने भदौ ३० गते आफू भारतको भ्रमण जाने क्रममा रहेको बताएका हुन् ।

औपचारिक विदेश भ्रमणका बारेमा मन्त्रिपरिषद्को निर्णय नहुँदै प्रधानमन्त्री प्रचण्डले भदौ ३० गते भारत भ्रमण गर्न लागेको बताएका छन् । प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमण मन्त्रिपरिषद्ले निर्णय गर्नु पर्दछ ।

भारतीय अधिकारीहरूले प्रधानमन्त्री प्रचण्डका विशेषदूतका रूपमा नयाँदिल्ली गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसमक्ष भदौ ३० गते भ्रमणको मिति प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण क्रममा भारतसँग हुलाकी मार्गसहित विकास निर्माणका कामहरू प्राथमिकताका साथ राख्ने जनाउँदै मन्त्रालयहरूको एकीकृत छलफलका क्रममा पनि यी विषय राखिएको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत