पार्टी फुट्ने भएपछि गच्छदारको पार्टी सरकारमा जाने तयारी गर्दै

b-j

२२ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बुधबार सञ्चारकर्मीहरुसँग दुई मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा पठाउने तयारी गरेको बताएका छन् ।

उपप्रधानसहित दुई मन्त्रालय पाए मात्र सरकारमा जाने अडान राख्दै आएका लोकतान्त्रिकका अध्यक्ष गच्छदार सरकारमा जाने विषयलाई लिएर पार्टी फुट्ने सम्भावना बढेपछि सरकारमा मन्त्री पठाउन तयार भएका छन् ।

गच्छदारले आफू मन्त्री नपाए सरकारमा नजाने नीति लिएको भन्दै जितेन्द्र नारायण देवसहितका नेताहरुले पार्टी फुटाएरै भएपनि सरकारमा जाने तयारी गरेपछि उनले दुई मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा पठाउने तयारी गरेका हुन् ।

गच्छदारले मन्त्रालयबारे कुराकानी हुन बाँकी रहेको बताउँदै विकास निर्माणका मन्त्रालय लिन आफूहरुले प्रयास गर्ने बताए पनि सरकारमा जाने हतारोमा रहेका जितेन्द्र नारायण देवसहितका नेताहरुले भने जुन सुकै मन्त्रालयमा जान सकिने बताएका छन् ।

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि दुई मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा पठाउने तयारी गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत