इन्सेफ्लाईटीसबाट बालकको ज्यान गएपछि युवाहरुले चलाए ५० हप्ते सरसफाई अभियान

1

२५ भदौ, सप्तरी । फोहोर मैलाको उचित व्यवस्थापन हुन नसक्दा जापानीज इन्सेफ्लाईटीसबाट जिल्लामा एक बालकको ज्यान गएपछि युवाहरुले चलाएको ५० हप्ते सरसफाई अभियान निरन्तर जारी छ ।

यसैक्रममा शनिबार सप्तरी युवा मुल समारोह समितिको अगुवाईमा स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल हाताभित्र युवाहरुले सरसफाई गरेका छन् । आवश्यक सरसफाईको अभावमा विभिन्न रोगको संक्रमण फैलिनुका साथै अस्पताल क्षेत्र दुर्गन्धित भएको बिरामी र कुरुवाहरुले बताएपछि दोश्रो साताको सरसफाई अभियान अस्पताल भित्रै चलाईएको सरसफाई आयोजक समितिका अध्यक्ष श्रवण देवले बताए ।

सो अवसरमा डिएसपी दानवहादुर कार्की, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ्ग, गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतलाका प्रमुख दिलिप कुमार साह लगायतको उपस्थिति थियो ।

नगरमा फोहोर संक्रमणको जोखिम बढेपछि सप्तरी युवा मुल समारोह समितिले २ हप्ताअघि देखि जिल्लामा ५० हप्ते अभियान चलाएका छन् । युवाहरुको यो अभियानमा प्रहरी तथा कर्मचारीहरुले पनि सहयोग गरिरहेका छन् ।

अभियानलाई लगातार ५० सप्ताहसम्म जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा विस्तार गरिएको सरसफाई अभियान कार्यक्रमका संयोजक मोहन यादवले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत