अर्थमन्त्री महरा र तिब्बतस्थित सेक्रेटरी यिङ्जेइ बिच भेटवार्ता

२६ भदौ, काठमाडौं । प्रधानमन्त्रीको विशेषदूतका रूपमा चार साताअघि चीनको चारदिने भ्रमण गरी फर्केका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा शनिबार फेरि त्यसतर्फ प्रस्थान गरेका छन् । महरा आइतबार नै स्वदेश फर्कने कार्यक्रम छ ।

उपप्रधानमन्त्री महराले शनिबार नै चीनको स्वशासित क्षेत्र तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टीका नवनियुक्त पार्टी सेक्रेटरी वु यिङ्जेइसँग गरेका छन् । शनिबार नै महरा तिब्बतमै शुरु भएको ‘चीन-तिब्बत टुरिजम तथा कल्चर एक्स्पो’ को उद्घाटनमा सहभागी भए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको अक्टोबर महिनामा हुने भनिएको बहुप्रतीक्षित नेपाल भ्रमण स्थगित भएलगत्तै महरा चीन पुगेका हुन् । तिब्बतमा उनलाई विशिष्ट अतिथिको रूपमा सम्मान गरिएको छ । उपप्रधानमन्त्री उनी आइतबार नै स्वदेश फर्कने कार्यक्रम छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत