चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित !

२७ भदौ, काठमाडौं । चिनियाँ राष्ट्रपति असोज अन्तिम साता भारतको गोवामा हुने भनिएको ‘ब्रिक्स’ सदस्य देशहरूको शिखर सम्मेलनमा सहभागी हुन जाँदा वा फर्किने क्रममा नेपाल भ्रमण गर्ने गरी गृहकार्य भइरहे पनि चिनियाँ पक्षले नेपालले ‘वान रोड वान बेल्ट’ परियोजनामा प्रतिबद्धता जनाउन नसकेको साथै गृहकार्य राम्रो गर्न नसकेको भन्दै भ्रमण स्थगित गरेको छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगन भए पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

चीनको स्वशाषित क्षेत्र तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख वु इङ जेईले अर्थमन्त्री कृष्णबहादुर महरासँग ल्हासामा शनिबार भएको भेटमा भ्रमण स्थगन भए पनि  नेपालसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको सन्देश सुनाएका हुन् ।

‘कूटनीतिक माध्यमबाट चीनबाट उच्चस्तरीय भ्रमण गर्न चीन र हामीबीच गृहकार्य भइरहेको छ’ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएकोतर्फ इंगित गर्दै महराले भनेका छन्, ‘हामी आशावादी छौं, भ्रमण हुनेछ ।’ अर्थमन्त्री महरा आइतबार नेपाल फर्किसकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत