परराष्ट्रमन्त्री महतले भारतमा उच्चस्तरीय भेटवार्ता गर्दै

वेब तस्बिर

वेब तस्बिर

२७ भदौ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भारतीय विदेश मन्त्रालयमा सोमबार दिउँसो भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री महत र भारतीय विदेश मन्त्री स्वराजबीच भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भदौ ३० गते हुन लागेको भारत भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री महत आइतबार भारत पुगेका हुन् । भारतमा रहँदा परराष्ट्रमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ भने मन्त्री महत मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत