प्रधानमन्त्रीको भारत भ्रमण राजदूतले ओहदाको प्रमाणपत्र बुझाउन जान लागे जस्तो – कमल थापा

२७ भदौ, नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई राजदूत नियुक्त भएपछि राजदूतले ओहदाको प्रमाणपत्र प्रस्तुत गर्न सरकार प्रमुख कहाँ जाने चलन जस्तै भएको बताएका छन् ।

सोमबार नेपालगञ्जका पत्रकारहरुसँग कुरा गर्दै थापाले सरकार परिवर्तन भएको एक महिना भित्रैमा र पूर्व प्रधानमन्त्रीले भारत भ्रमण गरेको ६ महिना पनि नपुग्दै भारत भ्रमण गर्नुको औचित्य र आवश्यकता  नरहेको बताउँदै उनले प्रचण्ड’को भारत भ्रमणलाई राजदूत नियुक्त भएपछि ओहदाको प्रमाणपत्र प्रस्तुत गर्न सरकार प्रमुख कहाँ जाने चलन जस्तै भएको बताएका हुन् ।

‘राजनीतिक बैद्यताको लागि र ओहदाको प्रमाणपत्र बुझाउन जान लागेको जस्तो छ’ ओली सरकारमा परराष्ट्रमन्त्री रहेका थापाले भने, ‘होइन भने आफ्नै सरकारका उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई पठाउँदा पनि उहाँहरुबाट हुन नसकेको त्यस्तो के छ र आफैं जानुपर्ने अवस्था आयो ?’

केपी ओली नेतृत्वको सरकारले मधेसी मोर्चाले अघि सारेका अधिकांश माग पूरा गरेको थापाको दाबी छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत