प्रधानमन्त्री प्रचण्ड कार्यक्रममा पुग्न नसकेपछि कार्यक्रम साढे ३ बजे सुरु

२७ भदौ, सिरहा । सिरहाको मिर्चैयामा नेकपा माओवादी केन्द्रको बिशाल जनसभा कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड साढे १२ बजे पुग्ने भनिएको भए पनि मौसमका कारण साढे ३ बजेसम्म पनि प्रधानमन्त्री प्रचण्ड कार्यक्रममा पुग्न नसकेपछि कार्यक्रम ढिला गरी सुरु गरिएको छ ।

matrika

नेकपा माओवादी केन्द्रका हेडक्वाटर सदस्य तथा दुई नम्बर प्रदेश इन्चार्ज मातृका यादवले सभापतिको  आसन ग्रहण गर्नेक्रममा संक्षिप्त सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्ड मौसमका कारण आउन ढिला भएको जानकारी जनसभालाई दिएका छन् ।

सिरहाको मिर्चैयामा भइरहेको बिशाल जनसभाको सभापतिको आसन ग्रहण गर्ने क्रममा मातृका यादवले प्रधानमन्त्री प्रचण्ड अबिरल वर्षात् कारण आएको बाढीले चन्द्रनिगाहपुरमै अलपत्र परेका बारा, पर्सा र रौतहटबाट बिशाल जनसभा कार्यक्रममा आउँदै गरेका हजारौं कमरेडहरुसम्म पुगेर आउने जानकारी गराए ।

दुई नम्बर प्रदेश ईन्चार्ज यादवले संक्षिप्त सम्बोधनका क्रममा मधेशमा धेरै पार्टी रहेको बताउँदै माओवादी केन्द्र बाहेकका पार्टीहरु बजेट मिलाउन अलग–अलग भएको बताएका छन् । उनले अहिलेका मधेशवादी पार्टी भन्नेहरु पहिले काँग्रेस, एमाले हुँदै अहिले फोरम र अन्य नामले आइरहेको बताउँदै मधेशी जनतालाई भ्रममा नपर्न सुझाएका छन् ।

त्यसैगरी यादवले माओवादी घटकहरुको एकताबाट नेकपा माओवादी केन्द्र बनेको बताउँदै एकताकाक्रममा भएको १३ बुँदे सहमतिबाट कोही पछि हट्न नमिल्ने र यदि उक्त सहमति बाहिर गए एकता गर्नुको औचित्य नै समाप्त हुने संकेत समेत गरे ।

सम्बोधनको अन्ततिर यादवले उत्पीडित मधेशी र पहाडी मिल्नुको बिकल्प नभएकाले देश लुटेरा र विदेशीका दलालहरुविरुद्ध उत्पीडित वर्ग तथा समदायहरु एकजुट हुन आग्रह गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत