बाढीले सवारी साधन रोकिएपछि यात्रुहरु अलपत्र

२७ भदौ, रौतहट । रौतहटको चन्द्रनिगाहपुर-बागमती सडकखण्डको पौराइ जंगलबाट करिब १ किलोमिटर पश्चिमको रहेका दुईवटा लच्कामा बाढी आउँदा गए रातिदेखि सवारी साधन रोकिएपछि यात्रुहरु अलपत्र परेका छन् ।

20160908_171112

पत्रकार जितेन्द्र श्रीवास्तव

जिल्ला प्रहरी कार्यालय रौतहटकाअनुसार अविरल वर्षा पछि आएको बाढीका कारण पूर्व-पश्चिम राजमार्गको बाग्मती-पौराई सडकखण्डमा यातायात अवरुद्ध भएको छ । बाढीका कारण पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यात्रुबाहक बस बाढीमा फस्दा यात्रुहरु समेत जोखिममा परेका छन् । बाढीमा फसेको एक बसका यात्रुहरुलाई निकाल्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले चन्द्रनिगाहपुरदेखि पूर्वमा रहेको पहिलो लच्कामै बाढी आएकाले यात्रुसहितको बस फसेको ठाउँमा उद्धार टोली पुग्न समस्या परिरहेको बताए ।

बाराबाट सिरहा जाँदै गरेको बसका यात्रु तथा पत्रकार जितेन्द्र श्रीवास्तवले भने, ‘चन्द्रनिगाहपुर-बागमती सडकखण्डको पौराइ जंगलबाट करिब १ किलोमिटर पश्चिमको रहेका लच्कामा हामी सयौंको संख्यामा अलपत्र परेका छौं, बाढीले राजमार्ग बन्द हुँदा गाडीहरु रोकिएका छन् भने यात्रुहरु जंगल क्षेत्रमा मोवाइल समेत सम्पर्क नभएकाले समस्या परेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत